Oct 31 2026 | २०८३ कार्तिक १५ गते

नेपाल सरकार कार्य विभाजन नियमावली स्वीकृत : मन्त्रिपरिषद् बैठक

नेपाल सरकार कार्य विभाजन नियमावली स्वीकृत : मन्त्रिपरिषद् बैठक

बुधवार, बैशाख ३० २०८३
  • काठमाडौँ । मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । बुधवार बिहान  सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली- २०८३ स्वीकृत गर्ने लगायतका निर्णय गरेको हो ।

    बैठकले विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश २०७९ को संशोधन स्वीकृत गर्ने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री विक्रम तिमिल्सनाले जानकारी दिए ।

    images

    त्यस्तै सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा सांसद योगेश गौचन थकाली (मुस्ताङ) र सुशील खड्का (बागलुङ) लाई मनोनयन गर्ने निर्णय गरेको छ ।

    बुधबारकै बैठकले भूमिसम्बन्धी २१औ संशोधन नियमहरू २०८३ स्वीकृत गर्ने निर्णय गरेको मन्त्री तिमिल्सनाले जानकारी दिए ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार