Oct 31 2026 | २०८३ कार्तिक १५ गते

हिरासतभित्र हुने मृत्युलाई आत्महत्या भनिनु स्वाभाविक छैन : सांसद विश्वकर्मा

हिरासतभित्र हुने मृत्युलाई आत्महत्या भनिनु स्वाभाविक छैन : सांसद विश्वकर्मा

मंगलवार, बैशाख २९ २०८३
  • काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रिमा विश्वकर्माले दलित समुदायको उत्थानका लागि प्राथमिकताका साथ बजेट विनियोजन गर्न सरकारसँग माग गरेकी छन्।

    मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले दलित समुदायलाई न्याय दिने र उनीहरूको हित प्रवर्द्धन गर्ने कुरामा सरकारले विशेष ध्यान दिनुपर्ने बताएकी हुन्।

    images

    सांसद विश्वकर्माले हिरासतमा आत्महत्या गर्नेहरूको संख्या बढ्दै जाँदा पनि सरकार गम्भीर नभएको भन्दै आपत्ति जनाइन्। इन्सेकको तथ्याङ्क उल्लेख गर्दै उनले पछिल्लो एक वर्षमा मात्रै ८८ जनाको हिरासतभित्र मृत्यु भएको र त्यसमा ५२ प्रतिशत दलित तथा सीमान्तकृत समुदायका व्यक्ति रहेको जानकारी दिइन्। ती मृत्युमध्ये ५६ प्रतिशतलाई आत्महत्याको रूपमा वर्गीकरण गरिएकोमा उनले प्रश्न उठाएकी छन्।

    बैठकमा बोल्दै सांसद विश्वकर्माले भनिन्, ‘इन्सेकको तथ्यांक अनुसार पछिल्लो एक वर्षमा मात्रै ८८ जनाको हिरासतभित्र मृत्यु भएको छ। त्यसमा ५२ प्रतिशतमा दलित र सिमान्तकृत समूदाय परेका छन। र, ५६ प्रतिशत मृत्यलाई आत्माहत्याको रुपमा वर्गीकरण गरिएको छ। श्रीकृष्ण विकको मृत्युलाई आत्माहत्या भनिनु नौला नहोला। तर हिरासतभित्र हुने अधिकांश मृत्युलाई आत्माहत्या भनिनु स्वभाविक छैन। त्यसैले पीडितलाई न्याय दिने कुरामा सरकारले ढिलाई नगरोस र बाचा पत्रका प्रमुखता पाएको दलित समुदायलाई न्याय दिँदा र बजेट विनियोजन गर्दा प्राथमिकतामा राखियोस भनि निवेदन गर्न चाहन्छु।’

    उनले सरकारले आफ्नो बाचा पत्रमा उल्लेख गरेअनुसार दलित समुदायको न्याय र अधिकार सुनिश्चित गर्न ढिलाइ गर्न नहुनेमा जोड दिइन्। हिरासतभित्र हुने मृत्युका घटनाहरूको निष्पक्ष छानबिन गरी पीडित परिवारलाई न्याय दिलाउन र आगामी बजेटमा यो समुदायको विकासका लागि पर्याप्त स्रोत छुट्याउन उनले सरकारको ध्यानाकर्षण गराएकी छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार