Oct 31 2026 | २०८३ कार्तिक १५ गते

मानव अधिकारका विषयलाई प्राथमिकता दिन सरकारलाई आयोगको पत्राचार

मानव अधिकारका विषयलाई प्राथमिकता दिन सरकारलाई आयोगको पत्राचार

मंगलवार, बैशाख २९ २०८३
  • काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले नेपाल सरकारलाई पत्राचार गर्दै संविधान, प्रचलित कानुन र अन्तर्राष्ट्रिय सन्धि महासन्धिहरूले सुनिश्चित गरेका मानव अधिकारसम्बन्धी दायित्वहरूलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न आग्रह गरेको छ।

    आयोगले वर्तमान सरकारले तत्काल ध्यान दिनुपर्ने विषयहरू र ती कार्यहरू सम्पन्न गर्नका लागि अपनाउनुपर्ने प्रक्रिया समेत उल्लेख गरी सरकारलाई विशेष पत्राचार गरेको हो।

    images

    २०८३ वैशाख २५ गते प्रेषित गरिएको उक्त पत्रमा मौलिक हकको पूर्ण कार्यान्वयन, आवश्यक कानुनी सुधार र लामो समयदेखि थाती रहेको सङ्क्रमणकालीन न्यायका विषयलाई प्रमुखताका साथ उठाइएको छ। आयोगले मानव अधिकारसम्बन्धी राष्ट्रिय कार्ययोजनाको प्रभावकारी पालना, विकास र मानव अधिकारबिचको सन्तुलन तथा अन्तर्राष्ट्रिय संयन्त्रहरूबाट प्राप्त सुझावहरूलाई कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

    यसैगरी, आयोगले राष्ट्रिय मानव अधिकार आयोगको सुदृढीकरण, निर्वाचनका समयमा मानव अधिकारको संरक्षण र सार्वजनिक सेवा प्रवाहलाई मानव अधिकारमैत्री बनाउने जस्ता समग्र कार्यहरूको विस्तृत विवरण समेत सरकारलाई बुझाएको छ।

    आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलका अनुसार यी विषयहरूलाई सरकारले प्राथमिकताका साथ कार्यान्वयन गर्ने अपेक्षा लिइएको छ। पत्रमा सार्वजनिक सेवा र निर्वाचन जस्ता संवेदनशील क्षेत्रमा मानव अधिकारको सुनिश्चितताका लागि गरिनुपर्ने सुधारका बारेमा प्रष्ट पारिएको छ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार