Oct 31 2026 | २०८३ कार्तिक १५ गते

महिलाको घरेलु श्रमको मूल्याङ्कन गरिनुपर्छ : सांसद सुशीला ढकाल

महिलाको घरेलु श्रमको मूल्याङ्कन गरिनुपर्छ : सांसद सुशीला ढकाल

मंगलवार, बैशाख २९ २०८३
  • काठमाडौँ । सांसद सुशीला ढकालले  महिलाहरूले घरभित्र गर्ने श्रमको मूल्य तोकिनुपर्ने बताइन् । अर्थ समितिको बैठकमा बोल्दै उनले यस सन्दर्भमा विशेष नीति ल्याउनुपर्ने बताइन्।

    'घरेलु श्रममा लागेका महिलाहरूको श्रमको मूल्याङ्कन गर्न यो सरकारले विशेष नीति ल्याउनुपर्छ,' ढकालले भनिन् ।

    images

    उनले बाझो जमिन र जङ्गलको सदुपयोग गरेर देशको आयस्रोत बढाउनुपर्नेमा जोड दिइन्। साथै नयाँ आयोजना थप्नुभन्दा पुराना र अलपत्र परेका आयोजनाहरू पूरा गर्न सरकारलाई सुझाव दिइन् ।

    उनले बिर्तामोड-बङ्गलादेश जोड्ने सडक र हुलाकी मार्ग जस्ता पूर्वाधारहरूलाई पूर्णता दिन माग गरिन् ।

     
     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार