Oct 31 2026 | २०८३ कार्तिक १५ गते

काठमाडौं महानगर

१० महिनामा काठमाडौं महानगरको खर्च ४१ प्रतिशत

१० महिनामा काठमाडौं महानगरको खर्च ४१ प्रतिशत

मंगलवार, बैशाख २९ २०८३
  • काठमाडौँ । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को १० महिनामा ४१ प्रतिशत खर्च गरेको छ । महानगरपालिका अनुसार वैशाखको तेस्रो सातासम्म करिब ४१ प्रतिशत खर्च गरेको छ ।

    महानगरको वित्त विभागका अनुसार महानगरपालिकाको हालसम्मको कुल खर्च ४०.९४ प्रतिशत र वडाहरूको औसत खर्च ३९.३ प्रतिशत छ । महानगरले चालु आर्थिक वर्षका लागि  २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँ‍को बजेट  ल्याएको थियो ।

    images

    विभागका अनुसार सबैभन्दा बढी खर्च गर्ने वडाले ५७.१७ प्रतिशत र सबैभन्दा कम गर्नेले १३.२१ प्रतिशत प्रगति हासिल गरेका छन् ।

    महानगरले वडाहरूलाई ठुला, मझौला र साना गरी तीन प्रकृतिमा विभाजन गरेर बजेट विनियोजन गर्ने गरेको छ ।

    ठुला वडा १५ वटा रहेको छ । जसलाई  १० करोड रुपैयाँ थप पूर्वाधारका लागि ७ करोड रुपैयाँ विनियोजन हुन्छ । यस्तै  मझौला वडा ११ वटा रहेका छन । जसलाई वार्षिक ७ करोड ५० लाख रुपैयाँ  र थप पूर्वाधारका लागि ५ करोड विनियोजन भएको छ ।

    यस्तै ६ वटा साना वडाहरुलाई वार्षिक वडागत  ५ करोड रुपैयाँ र थप पूर्वाधारका लागि ३ करोड रुपैयाँ विनियोजन भएको छ ।

    यसबाहेक सामाजिक कार्य, खेलकुद, सरसफाइ र जात्रा पर्व सञ्चालनका लागि पनि वडाहरूलाई छुट्टाछुट्टै बजेट पठाउने गरिएको छ ।

    विनियोजित पूर्वाधार विकास बजेटको न्यूनतम ५० प्रतिशत अनिवार्य रूपमा पूर्वाधारमै खर्च गर्नुपर्ने व्यवस्था छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार