काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ ।
रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बोलाइएको सचेतक प्रकाशचन्द्र परियारले जानकारी दिए ।
परियारका अनुसार सोमबार सरकारले संसदमा पेस गरेको नीति तथा कार्यक्रममा पार्टीको तर्फबाट खेल्ने भूमिका, दिउँसो बस्ने संसद् बैठकमा सम्बोधन गर्ने लगायत विषयमा छलफल हुने छ ।



