Oct 28 2026 | २०८३ कार्तिक १२ गते

नीति तथा कार्यक्रम

वैदेशिक रोजगारीबाट फर्केकालाई कृषिमा जोड, स्टार्टअपका लागि डिजिटल झ्यालबाटै सबै सुविधा

वैदेशिक रोजगारीबाट फर्केकालाई कृषिमा जोड, स्टार्टअपका लागि डिजिटल झ्यालबाटै सबै सुविधा

सोमवार, बैशाख २८ २०८३
  • काठमाडौँ ।  सरकारले नवप्रवर्तन र उद्यमशीलतालाई प्रोत्साहन गर्न ‘स्टार्टअप नेपाल’ पोर्टलमार्फत एकै दिनमा कम्पनी दर्ता, कर छुट र बिउ पूँजी (सिड मनी) लगायतका सेवा उपलब्ध गराउने घोषणा गरेको छ।

    आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो महत्वकांक्षी योजना सार्वजनिक गरेका हुन्।

    images

    सरकारले ग्रामीण अर्थतन्त्रको पुनर्जीवन र कृषिलाई सम्मानित उद्यमका रूपमा विकास गर्न बहुपक्षीय लगानी प्रवर्द्धन गर्ने नीति लिएको छ। उत्पादन वृद्धि र लागत न्यूनीकरण गर्दै खाद्यान्नमा आत्मनिर्भर बन्न प्याकेजमा आधारित उत्पादन प्रणाली र कृषिको यान्त्रिकीकरणलाई तीव्रता दिइने राष्ट्रपति पौडेलले बताए। वैदेशिक रोजगारीबाट फर्किएका जनशक्तिलाई स्वदेशमै कृषि उद्यममा आकर्षित गर्न विशिष्टीकृत उत्पादन क्षेत्र विकास गरी कृषि उपजलाई उद्योग र बजारसँग सिधै जोड्ने सरकारको लक्ष्य छ।

    किसानका लागि राहत स्वरूप सरकारले अबदेखि बाली लगाउनुअघि नै कृषि उपजको न्यूनतम समर्थन मूल्य तोक्ने र त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ। यसले बजार अनिश्चितताको अन्त्य गरी कृषकलाई उत्पादनमा प्रोत्साहन मिल्ने विश्वास लिइएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार