काठमाडौँ। प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरूले उठेर विरोध जनाएका छन् । बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीका सांसदहरू आ-आफ्नो स्थानमा उभिएर विरोध प्रकट गरेका हुन् ।
संसद्मा विपक्षीहरूको सामूहिक अवरोधपछि सभामुख डोलप्रसाद अर्यालले सांसदहरूको मागलाई सम्बोधन गर्दै आकस्मिक समय उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए । सभामुखले आकस्मिक समय उपलब्ध गराउने बताएपछि विरोधमा उत्रिएका विपक्षी दलका सांसदहरू आ-आफ्नो सिटमा बसेका छन् ।



