Oct 31 2026 | २०८३ कार्तिक १५ गते

अपडेट कर्णाली

१७ करोड लागतमा कर्णाली प्रदेश अस्पतालको ओपीडी भवन निर्माण हुँदै

१७ करोड लागतमा कर्णाली प्रदेश अस्पतालको ओपीडी भवन निर्माण हुँदै

सोमवार, बैशाख २८ २०८३
  • काठमाडौँ । कर्णाली प्रदेश अस्पतालको छुट्टै ओपीडी भवन निर्माण हुने भएको छ । भवन निर्माणका लागि सोमबार अस्पताल परिसरभित्रै शिलान्यास गरिएको छ । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल, सामाजिक विकास मन्त्री घनश्याम भण्डारीको सहभागितामा भवन शिलान्यास गरिएको हो ।

    प्रदेश अस्पतालका सूचना अधिकारी अनिता ज्ञवालीका अनुसार, भवनको लागत अनुमान सुरुमा २९ करोड ९८ लाख गरिएको थियो ।

    images

    ठेकदार कम्पनीले १६ करोड ८४ लाख लागतमा भवनको निर्माण सम्पन्न गर्ने गरी जिम्मा लिएको छ ।

    निर्माणको जिम्मेवारी चण्डीदेवी विशाल एन्ड विराट जेभी काठमाडौँ लिएको उनले बताइन् । ‘हाम्रो अहिले सञ्चालित ओपीडीको संरचना ५० शय्याको अस्पतालमा आधारित छ, तर हाम्रो सेवा अहिले ३०० शय्यामा छ,’ उनले रातोपाटीसँग भनिन्, ‘त्यसकारण भीड निकै ठुलो हुन्छ । थेग्न सक्ने अवस्था छैन ।’

    छिटो–छरितो सेवाका लागि प्रदेश र केन्द्र सरकारको सह–लगानीमा छुट्टै नयाँ ओपीडी भवन निर्माण गर्न लागिएको ज्ञवालीले बताइन् । ठेकदार कम्पनीले अबको १४ महिनाभित्र निर्माण सम्पन्न गरेर भवन हस्तान्तरण  गर्नुपर्ने सीमा छ ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार