Oct 31 2026 | २०८३ कार्तिक १५ गते

बालकहरुलाई प्रहरीले लगाए अभिभावकको जिम्मा

बालकहरुलाई प्रहरीले लगाए अभिभावकको जिम्मा

सोमवार, बैशाख २८ २०८३
  • काठमाडौं । सिरहाको लहानस्थित एक बोर्डिङ स्कुलको होस्टेलबाट निस्किएका तीन बालकलाई सप्तरी प्रहरीले फेला पारेर अभिभावकको जिम्मा लगाएको छ ।

    जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार वैशाख २८ गते बिहान करिब ४ः३० बजे सुरुङ्गा नगरपालिका–४ कदमाहास्थित क्षेत्रमा गस्तीमा रहेको प्रहरी टोलीले तीन बालकलाई पैदल हिँडिरहेको अवस्थामा फेला पारेको थियो ।

    images

    प्रहरी चौकी लक्ष्मीपुरबाट प्रहरी सहायक निरीक्षक संजय झाको कमाण्डमा खटिएको टोलीले लहानबाट कदमाहातर्फ जाँदै गरेका बालकलाई शंकास्पद अवस्थामा देखेपछि सोधपुछ गरेको थियो ।

    सोधपुछका क्रममा उनीहरू सिरहाको लहानस्थित गोल्डेन इङ्गलिश बोर्डिङ स्कुलको होस्टेलमा बस्दै अध्ययनरत रहेको र कसैलाई जानकारी नदिई होस्टेलबाट निस्किएको खुलेको प्रहरीले जनाएको छ ।

    फेला पर्नेमा सप्तरीको बोदेबरसाइन नगरपालिका–३ गौराटोल निवासी १२ वर्षीय, १० वर्षीय र  ७ वर्षीय बालबालिका रहेका छन् । प्रहरीले तीनै बालकलाई प्रहरी चौकी लक्ष्मीपुरमा राखेर आवश्यक प्रक्रिया पूरा गरेपछि अभिभावकको जिम्मा लगाएको जनाएको छ ।

     

     
     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार