Oct 31 2026 | २०८३ कार्तिक १५ गते

कम्युनिस्टहरूको बिचमा एकताको आवश्यकता बढेको छ : प्रचण्ड

कम्युनिस्टहरूको बिचमा एकताको आवश्यकता बढेको छ : प्रचण्ड

आइतवार, बैशाख २७ २०८३
  • काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सच्चा कम्युनिस्टहरू बिच एकताको आवश्यकता बढेको बताएका छन् । २६औँ निर्मल लामा स्मृति सभालाई आइतबार काठमाडौँमा सम्बोधन गर्दै संयोजक प्रचण्डले यस्तो बताएका हुन् ।

    उनले अन्तर्राष्ट्रिय रूपमा पनि कम्युनिस्ट आन्दोलन ठुलठुला बहस, विभाजन र एकता हुँदै अघि बढेको बताए । 

    images

    अन्तर्राष्ट्रिय रूपमा पनि ठुलठुला बहस, विवाद, विभाजन र एकताको शृङ्खला चल्दै आएको छ’, प्रचण्डले भने, ‘सच्चा कम्युनिस्टहरूको बिचमा एकता अहिले झन् विशेष रूपमा बढेको छ ।

    उनले देशमा साम्राज्यवादीहरूको हस्तक्षेप बढ्दै गएको र राष्ट्रिय रूपमा देश अप्ठ्यारो अवस्थामा पुगेको बताए । उनले गत निर्वाचनमा कम्युनिस्टहरूलाई सखाप पार्ने रणनीति अन्तर्गत भएका खेलहरू अझै सतहमा आइनसकेको बताए ।  ‘के के भएका थिए पर्दाभित्र । अनुसन्धान हुँदै जाला’,उनले भने ।  प्रचण्डले कम्युनिस्टहरूलाई सखाप पार्न देशी विदेशी लागिपरेको दाबी समेत गरे ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार