Oct 31 2026 | २०८३ कार्तिक १५ गते

९ महिनामा उपत्यकामा साढे ४ हजार सवारी दुर्घटना, १७४ जनाको मृत्यु

९ महिनामा उपत्यकामा साढे ४ हजार सवारी दुर्घटना, १७४ जनाको मृत्यु

आइतवार, बैशाख २७ २०८३
  • काठमाडौं । काठमाडौं उपत्यकामा चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा ४ हजार ६३१ सवारी दुर्घटना भएका छन् ।

    जसमा १७४ जनाको मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जानकारी दिएको छ । गत साउनदेखि चैत समान्तसम्म भएको उक्त दुर्घटनामा १८६ जना गम्भीर घाइते भएका छन् ।

    images

    त्यसैगरी ४ हजार ९२७ जना सामान्य घाइते भएको उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रमुख तथा एसएसपी नवराज अधिकारीले बताए ।

    दुर्घटनामा मृत्यु हुनेमध्ये ७ जना १६ वर्ष मुनिका रहेका छन् । १६ देखि ३५ वर्ष उमेरसम्मका ८६ जना र ३६ वर्ष माथिका ८१ जना रहेको ट्राफिकले बताएको छ ।



    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार