Oct 31 2026 | २०८३ कार्तिक १५ गते

सङ्गीत रोयल्टीको आधार पुनरावलोकन गर्न माग

सङ्गीत रोयल्टीको आधार पुनरावलोकन गर्न माग

आइतवार, बैशाख २७ २०८३
  • काठमाडौँ । सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपाल, रेडियो ब्रोडकास्टर्स फोरम (आरबीएफ) नेपाल र ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान)ले विगतमा तोकिएका सङ्गीत रोयल्टीका आधार र दरको वैज्ञानिक पुनरावलोकन गर्र्नुपर्ने माग गरेका छन् ।

    ती सङ्घसंस्थाले आजोजना गरेको संयुक्त भेलाबारे विज्ञप्तिमार्फत सार्वजनिक गर्दै रेडियोहरूको खस्कँदो आर्थिक अवस्था र दिगोपनाको चुनौतीलाई मध्यनजर गरी विगतमा तोकिएका सङ्गीत रोयल्टीका आधार र दरको वैज्ञानिक पुनरावलोकन गर्नुपर्ने आवश्यकता औँल्याएका हुन् ।

    images

    भेलाले भक्तपुर एफएमका सञ्चालकमाथि यही वैशाख २५ गतेका दिन सङ्गीत रोयल्टी सङ्कलन समाजका नाममा फौजदारी अभियोग लगाई गरिएको धरपकडको घटनाप्रति घोर भत्र्सना गर्दै खेद प्रकटसमेत गरेको छ । संवाद चलिरहेकै बेला धरपकड र मुद्दामामिलाले श्रष्टा र एफएम रेडियोहरूबीचको सम्बन्धमा दरार पैदा गर्ने नियोजित कार्य तत्काल रोक्न पनि अनुरोध गरिएको छ ।

    ऐन, कानुनको गलत व्याख्या गरी, व्यापारिक एजेन्ट परिचालन गरी, रेडियोकर्मी र सञ्चालकलाई अपराधी करार गर्दै फौजदारी मुद्दा लगाउने, धरपकड गर्ने कार्य बन्द गर्नुपर्ने र प्रतिलिपि अधिकार ऐन, २०५९ ऐनको दफा २७ को दुरुपयोग गरी दफा २५ को देवानी विषयलाई फौजदारी बनाएर त्रसित पार्ने कार्य बन्द गर्न भेलाको माग छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार