Oct 31 2026 | २०८३ कार्तिक १५ गते

विभिन्न क्यासिनोबाट ६ जना पक्राउ:वीरगञ्ज

विभिन्न क्यासिनोबाट ६ जना पक्राउ:वीरगञ्ज

आइतवार, बैशाख २७ २०८३
  • काठमाडौँ । वीरगञ्जका विभिन्न क्यासिनोमा अनधिकृत प्रवेश गरेर शङ्कास्पद गतिविधि गरेको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले यहाँका चार वटा क्यासिनोमा प्रवेश गरी जुवातास खेलिरहेको विशेष सूचनाको आधारमा शनिबार पाँच भारतीय नागरिक र एक जना नेपाली नागरिकलाई पक्राउ गरिएको जानकारी दिए ।

    images

    पक्राउ पर्नेमा पाँच जना भारतको विहार राज्यका गणेश कुमार, सन्दीप कुमार, सुरज प्रसाद, अल्लाह यादव, ओमप्रकाश यादव र वीरगञ्ज महानगरपालिका—३२ का जमुदिन मियाँ अन्सारी रहेका छन् ।

    विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको संयुक्त टोलीले किङ्स क्यासिनो, फर्चुन सिटि गेमिङ क्लब र क्यासिनो माजोङबाट उनीहरू नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता बस्नेतले बताए । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार