काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुदूरपश्चिम प्रदेशको इञ्चार्ज र सहइञ्चार्जको जिम्मेवारीमा परिवर्तन गरेको छ।
यसअघि इञ्चार्ज तोकिएका भीम रावलले जिम्मेवारी स्वीकार नगरेपछि उक्त पदको जिम्मेवारी भानुभक्त जोशीलाई दिइएको छ। जोशी यसअघि सहइञ्चार्जको भूमिकामा रहेका थिए।
यस्तै, सहइञ्चार्जको जिम्मेवारी पाएकी रञ्जिता श्रेष्ठलाई कृषि तथा भूमि व्यवस्थापन विभाग प्रमुखको जिम्मेवारीसमेत दिइएको छ।



