Oct 31 2026 | २०८३ कार्तिक १५ गते

कुहिने फोहोरको वैज्ञानिक व्यवस्थापनका लागि काठमाडौँ महानगरले माग्यो प्रस्ताव

कुहिने फोहोरको वैज्ञानिक व्यवस्थापनका लागि काठमाडौँ महानगरले माग्यो प्रस्ताव

आइतवार, बैशाख २७ २०८३
  • काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले सहरको फोहोर व्यवस्थापनलाई दिगो र वैज्ञानिक बनाउन ‘आइडिया’ मागेको छ ।

    महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै कुहिने फोहोर मैलाको वैज्ञानिक व्यवस्थापन गर्ने उपयुक्त विधि सिफारिस गर्न इच्छुक व्यक्ति, संघ संस्था तथा कम्पनीहरूबाट प्रस्ताव आह्वान गरेको हो ।

    images

    महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रममार्फत स्रोतमा नै फोहोरको वर्गीकरण गर्ने, ‘वेस्ट टु इनर्जी’ (फोहोरबाट ऊर्जा) र  ‘जिरो वेस्ट’ (शून्य फोहोर) सिटीको अवधारणा अघि सारेको छ । 

    सोही लक्ष्य प्राप्तिका लागि महानगरले कुहिने फोहोरलाई सडकमा फाल्नुको सट्टा स्रोतका रूपमा प्रयोग गरी वैज्ञानिक व्यवस्थापन गर्न खोजेको हो । 

    यस्ता छन् सर्त र मापदण्ड

    महानगरले व्यवस्थापनका लागि सिफारिस गरिने विधिहरूका लागि केही ठोस मापदण्डहरू तोकेको छ । जसमा प्रविधियुक्त र गन्धरहित हुनुपर्ने।

    वातावरणमैत्री र सामाजिक विकासमा सहयोग पुर्‍याउने हुनुपर्ने ।  नेपाल सरकारले स्वीकृत गरेको मापदण्ड बमोजिम हुनुपर्ने रहेको छ ।

    प्राविधिक र व्यावसायिक रूपमा सम्भाव्य हुनुपर्ने ।

    vjskvc

     

     
     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार