Oct 31 2026 | २०८३ कार्तिक १५ गते

समाचार

मङ्सिर दोस्रो हप्ता नेकपाको महाधिवेशन, जेठ मसान्तभित्र एकताको काम सक्ने

मङ्सिर दोस्रो हप्ता नेकपाको महाधिवेशन, जेठ मसान्तभित्र एकताको काम सक्ने

आइतवार, बैशाख २७ २०८३
  • काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले जेठ मसान्तसम्म एकता प्रक्रियामा जोडिएका सबै घटकसँग एकीकरण र समायोजनको काम सक्ने भएको छ ।

    एकीकरण र समायोजन काम सकिएसँगै सङ्गठन सुदृढीकरण र शुद्धीकरण अभियान चलाइने र पार्टीका नेता तथा कार्यकर्ताहरूको कार्यशैली, जीवनशैली र आचरण सुधारका लागि पहल अगाडि बढाइने नेकपाको अन्तरपार्टी निर्देशन(अपानी)–३ मा उल्लेख छ । यस्तै एकता महाधिवेशन आगामी मङ्सिरको दोस्रो हप्ता एकता महाधिवेशन गर्ने भनिएको छ । 

    images

    ‘आजको वस्तुगत परिस्थितिमा आम जनतासँग घनिष्ट रूपमा जोडिएको कान्तिकारी कम्युनिस्ट पार्टी निर्माणको वैचारिक, राजनीतिक, साङ्गठनिक तथा सांस्कृतिक स्पष्टतासहित आगामी मङ्सिरको दोस्रो हप्तामा पार्टीको एकता महाधिवेशन सम्पन्न गरिने छ’, संयोजक र सहसंयोजकले शनिबार हस्ताक्षर गरेको अपानीमा भनिएको छ । 

    वडादेखि केन्द्रसम्मका सबै निर्वाचित पार्टी समितिहरू समावेशी मान्यताअनुसार गठन गरिने, सबै समितिहरूमा पाका, अनुभवी, प्रौढ तथा युवाहरूको समावेशिता सुनिश्चित गरिनेछ, जसमा युवा तथा नवयुवाहरूको प्रतिनिधित्व ५० प्रतिशतसम्म पुर्याउन विशेष जोड दिएको छ ।  

    साथै सिङ्गो नेपाली कम्युनिस्ट आन्दोलनको पुनःएकीकरण गर्दै एकीकृत कम्युनिस्ट पार्टी निर्माणका लागि समेत विशेष पहल गरिने भनिएको छ । चैत १९ गते सुरु भएको नेकपाको संयोजन समितिको बैठक वैशाख १५ गते सम्पन्न भएको थियो । 

    बैठकको निर्णयलाई संयोजक प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालले हस्ताक्षर गरी अपानी तयार गरेका छन् । यद्यपि पार्टी समितिमा परिपत्र नभइसकेको नेताहरूले जिकिर गरेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार