Oct 31 2026 | २०८३ कार्तिक १५ गते

सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने महँगियो

सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने महँगियो

आइतवार, बैशाख २७ २०८३
  • काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । यस्तै चाँदीको मूल्य वृद्धि भएको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो कारोबारको तुलनामा प्रतितोला १ हजार रुपैयाँले घटेको छ।

    images

    महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ९ सय रुपैयाँ तोकेको हो। यसअघि वैशाख २५ गते सुन प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५६ हजार २ सय ६० रुपैयाँ कायम गरिएको छ।

    सुनको मूल्य घट्दा चाँदीको मूल्यमा भने सामान्य वृद्धि देखिएको छ। वैशाख २५ गते प्रतितोला ५ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ५ हजार ३ सय रुपैयाँ पुगेको हो।  १० ग्राम चाँदीको मूल्य भने आज ४ हजार ५ सय ४४ रुपैयाँ रहेको छ।

    अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा महासंघले नेपाली बजारमा दैनिक मूल्य निर्धारण गर्दै आएको छ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार