काठमाडौँ । बीपी राजमार्ग अन्तर्गत खुर्कोटमा मङ्गलबारबाट अर्काे सूचना जारी नभएसम्म प्रत्येक दिन साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीले आज एक सूचना जारी गर्दै उक्त सडकखण्डको खुर्कोट–भकुन्डेबेँसी सडकखण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन चलाउन रोक लगाएको
रोशी खोलामा आउन सक्ने बाढी र मौसमको अवस्था मध्यनजर गरी आवश्यकताका आधारमा सडक आवागमनमा जुनसुकै बेला रोक लगाउन सकिने प्रशासनले जनाएको छ।




