Oct 31 2026 | २०८३ कार्तिक १५ गते

शेखर कोइराला र गगन थापाबिच पहिलो पटक भेटवार्ता

शेखर कोइराला र गगन थापाबिच पहिलो पटक भेटवार्ता

मंगलवार, बैशाख २२ २०८३
  • काठमाडौँ । पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतले टुङ्ग्याएपछि नेपाली कांग्रेस सभापति गगनकुमार थापा र नेता डा. शेखर कोइरालाबिच पहिलोपटक भेटवार्ता भएको छ । 

    मङ्गलबार बिहान कोइरालाको विशालनगरस्थित सचिवालयमा ४५ मिनेट भेटवार्ता भएको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।

    images

    ‘सभापति बिहान सचिवालयमा आउनुभएको थियो । उहाँहरूबिच साढे ९ बजेदेखि सवा १० बजेसम्म ४५ मिनेट कुराकानी भएको हो,’ स्वकीय सचिव थपलियाले जानकारी दिए ।

    भेटमा पार्टीको आधिकारिकता सम्बन्धी विवाद टुङ्गिएपछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा कुराकानी भएको थियो । भेटमा के निष्कर्ष निस्कियो भन्ने विषय बाहिर आएको छैन ।

    डा. कोइरालाका स्वकीय सचिव थपलियाले भेटमा के कुराकानी भयो भन्ने आफूलाई जानकारी नभएको बताए ।

    पार्टीको आधिकारिकतासम्बन्धी विवाद टुङ्गिएपछि सभापति थापाले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग वैशाख ६ गते भेटवार्ता गरेका थिए ।

    सभापति थापा र उपसभापति विश्वप्रकाश शर्माले आजै फेरि निवर्तमान कार्यवाहक सभापति खड्कासँग छलफल गर्ने तय भएको छ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार