Oct 31 2026 | २०८३ कार्तिक १५ गते

वैशाखको अन्तिम हप्ता रास्वपा सांसदलाई दोस्रो चरणको प्रशिक्षण दिइने

वैशाखको अन्तिम हप्ता रास्वपा सांसदलाई दोस्रो चरणको प्रशिक्षण दिइने

मंगलवार, बैशाख २२ २०८३
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले जनप्रतिनिधिहरूलाई दोस्रो चरणको प्रशिक्षण दिने भएको छ । बजेट अधिवेशनलाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रशिक्षण राखिएको सहमहामन्त्री विपिन कुमार आचार्यले जानकारी दिए । आचार्यका अनुसार वैशाख २६ र २७ गते रास्वपाको संसदीय दलको कार्यालय सिंहदरबारमा प्रशिक्षण कार्यक्रम राखिएको छ ।

    यसअघि चैत ३ र ४ गते रास्वपाले ललितपुरस्थित ग्वार्कोमा जनप्रतिनिधिलाई आवासीय प्रशिक्षण कार्यक्रम राखेको थियो । त्यतिबेला विषयविज्ञ सहित पार्टीका शीर्ष नेताले प्रशिक्षण दिएका थिए । वरिष्ठ नेता बालेन शाह उपस्थित नभएकोमा आलोचना भएको थियो ।

    images

    गत फागुनमा भएको निर्वाचनमा रास्वपाले १८२ सिट जितेको थियो । अधिकांश प्रतिनिधि राजनीतिक, संवैधानिक र कानुनी जानकार नभएकाले यस्ता प्रशिक्षण प्रभावकारी हुने रास्वपाले विश्वास लिएको छ । 

     
     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार