Oct 31 2026 | २०८३ कार्तिक १५ गते

स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक जोशी पक्राउ

स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक जोशी पक्राउ

मंगलवार, बैशाख २२ २०८३
  • काठमाडौँ । स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्बेश जोशीलाई प्रहरीले पक्राउ गरेको छ ।

    आपराधिक विश्वासघात सम्बन्धी कसुरमा जोशीलाई काठमाडौँको खुर्सानीटारबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता (एसएसपी) शिव कुमार श्रेष्ठले जानकारी दिए ।

    images

    स्मार्ट टेलिकम अहिले बन्द छ । नवीकरण नगरेको कारणबाट २०८० वैशाखदेखि स्मार्ट टेलिकम बन्द भएको हो । आरोपीले नेपाल सरकारको सम्पत्ति बेइमानी पूर्वक नेपाल सरकारको हक टुटाउने उद्देश्यका साथ काम गरेर सरकारलाई ठगी गरेको सीआईबीले जनाएको छ ।

    सोमबार पक्राउ परेका ४५ वर्षीय जोशीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार