Oct 31 2026 | २०८३ कार्तिक १५ गते

बागमतीका मुख्यमन्त्री बानियाँको घरमा दुई घण्टासम्म खानतलासी गर्‍यो सम्पत्ति शुद्धीकरण विभागको टोलीले

बागमतीका मुख्यमन्त्री बानियाँको घरमा दुई घण्टासम्म खानतलासी गर्‍यो सम्पत्ति शुद्धीकरण विभागको टोलीले

सोमवार, बैशाख २१ २०८३
  • काठमाडौँ । सम्पत्ति शुद्धीकरण विभागको टोलीले बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर तथा उनकै निर्माण कम्पनीका कार्यालयमा सोमबार छापा मारेको छ।

    सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा विभागको टोलीले बानियाँको घर तथा उनकै स्वामित्वमा रहेको निर्माण कम्पनीको कार्यालयमा छापा मारेको जनाइएको छ।

    images

    छापा मार्नका लागि विभागको टोली काठमाडौँबाट हेटौंडा पुगेको थियो । मुख्यमन्त्री बानियाँको हेटौंडास्थित निवासमा विभागको टोलीले करिब दुई घण्टा बिताएको स्रोतले जनायो । स्रोतका अनुसार मध्याह्न करिब १२ बजे पुगेको टोली करिब २ बजे बानियाँको घरबाट बाहिरिएको थियो।

    अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार हेटौंडा–५, पिप्लेस्थित बानियाँ निर्माण सेवा (बीएनएस) कम्पनीको कार्यालयमा पनि विभागको टोलीले छापा मारेको छ । सम्पत्ति शुद्धीकरण सम्बन्धी उजुरीका आधारमा विभागले अनुसन्धान गरेको बताइएको छ।

     

     

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार