काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालयको बैठक जारी रहेको छ। पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक सुरु भएको हो।
रास्वपाका प्रवक्ता मनिष झाका अनुसार बैठकमा स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३, महाधिवेशन कार्यविधि २०८३, संसदीय दलको विधान संशोधन र अन्य समसामयिक विषयमा छलफल गर्ने कार्यसूची छ।




