Oct 31 2026 | २०८३ कार्तिक १५ गते

ज्याकरण्डाले बढायो उपत्यकाको सौन्दर्य,

ज्याकरण्डाले बढायो उपत्यकाको सौन्दर्य,

बिहिवार, बैशाख १७ २०८३
  • काठमाडौँ । वैशाखको आगमनसँगै काठमाडौँ उपत्यकाको स्वरूप फेरिएको छ। यतिबेला उपत्यकाका प्रमुख सडक र गल्लीहरू 'ज्याकरण्डा' फूलले ढकमक्क भई बैजनीमय बनेका छन्।

    विशेषगरी वैशाख महिनामा फुल्ने यो आकर्षक फूलका कारण काठमाडौंको सौन्दर्यमा थप निखार आएको छ। उपत्यकाका सुन्धारा, कमलपोखरी, रत्नपार्क र ललितपुरको महालक्ष्मीस्थान लगायतका क्षेत्रमा फुलेका ज्याकरण्डाले सहरलाई निकै मनमोहक बनाएको छ। सानो र झुप्पा परेको हुने भएकाले यसलाई स्थानीय भाषामा 'भँगेरी फूल' समेत भन्ने गरिन्छ।

    images

    सडक किनारमा फुलेका यी फूलहरूले पैदलयात्री र सवारी चालकहरूको ध्यान मात्र खिचेको छैन, सर्वसाधारणलाई यो दृश्य कैद गर्न समेत लोभ्याएको छ।

    काठमाडौंको व्यस्तता र धूलोका बिच फुलेको यो बैजनी फूलले उपत्यकावासीलाई एक प्रकारको शान्त र प्राकृतिक आभास दिलाएको छ।

    अहिले यी स्थानहरूमा फोटो खिच्ने, टिकटक बनाउने र भिडियो खिच्नेहरूको निकै चहलपहल देखिन्छ।

     

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार