Oct 31 2026 | २०८३ कार्तिक १५ गते

विपक्षी दलहरूको बैठकमा गएन श्रम संस्कृति पार्टी

विपक्षी दलहरूको बैठकमा गएन श्रम संस्कृति पार्टी

बुधवार, बैशाख १६ २०८३
  • काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बोलाएको विपक्षी दलहरूको बैठकमा श्रम संस्कृति पार्टी उपस्थित भएन ।सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भइरहेको बैठकमा एमालेबाट संसदीय दलका नेता रामबहादुर थापा बादल, नेपाली कम्युनिस्ट पार्टीबाट प्रमुख सचेतक युवराज दुलाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सांसद सरस्वती लामा उपस्थित छन् ।

    सरकारले संवैधानिक परिषद् र सहकारी सम्बन्धी अध्यादेश ल्याउन राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता आङदेम्बेले विपक्षी दलहरूको रणनीति बनाउन बैठक बोलाएका थिए ।

    images

    आङदेम्बेका स्वकीय सचिव एम ढुङ्गानाले श्रम संस्कृतिलाई बैठकमा बोलाइए पनि नआएको जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार