Oct 31 2026 | २०८३ कार्तिक १५ गते

सगरमाथा आधार शिविरमा ‘ओभरनाइट स्टे’ प्याकेज बेच्न नपाइने

सगरमाथा आधार शिविरमा ‘ओभरनाइट स्टे’ प्याकेज बेच्न नपाइने

बुधवार, बैशाख १६ २०८३
  • काठमाडौँ । पर्यटन विभागले सगरमाथा आधार शिविर मा रहेका एक्सपेडिसन क्याम्पहरूमा ट्रेकिङ एजेन्सीहरूले ओभरनाइट स्टे’ (रातको बास) सहितको प्याकेज बिक्री गरिरहेको भन्दै त्यस्ता कार्य तत्काल रोक्न निर्देशन दिएको छ ।

    केही ट्रेकिङ एजेन्सीहरूले सगरमाथा आधार शिविरमा रात बिताउने गरी गैरकानुनी रूपमा प्याकेजको विज्ञापन गरेको गुनासो प्राप्त भएपछि विभागले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आज एक सूचना जारी गर्दै सबै सम्पर्क अधिकृत र ट्रेकिङ एजेन्सीहरूलाई प्रचलित कानुन पालना गर्न सचेत गराएको हो ।

    images

    को–को बस्न पाउँछन् आधार शिविरमा ?

    पर्वतारोहण सम्बन्धी नियमावली २०५९ को दफा ९(ड २) को व्यवस्था अनुसार आधार शिविरमा  पर्वतारोही दलका सदस्यहरू, पर्वतीय पथप्रदर्शक, उचाइमा जाने कामदारहरू र

    आधार शिविरका कामदार र स्थानीय कामदारहरू मात्रै बस्न पाउने छन् ।

    यी बाहेक अन्य कुनै पनि व्यक्तिलाई विभागको पूर्वस्वीकृति बिना आधार शिविरमा राख्न नपाइने व्यवस्था छ । विभागले पर्वतारोहण टोलीका सदस्य बाहेकका पर्यटकलाई रातको बास गराउने गरी प्याकेज बेच्नु कानुनी व्यवस्था विपरीत भएको स्पष्ट पारेको छ ।

    कारबाहीको चेतावनी

    विभागका शाखा अधिकृत प्रकाश पोखरेलले जारी गरेको सूचनामा भनिएको छ ‘कोही कसैबाट उल्लिखित कानुनी व्यवस्था विपरीतका कार्य भएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही भई जाने व्यहोरा निर्णयानुसार अनुरोध छ ।

    विभागले सगरमाथा आधार शिविरमा रहेको अस्थायी फिल्ड कार्यालयलाई समेत यस विषयमा निगरानी बढाउन र नियम पालना गराउन बोधार्थ पठाएको छ ।

    683452280_1480304856940922_6681828937932056548_n

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार