Oct 31 2026 | २०८३ कार्तिक १५ गते

वरिष्ठ कला निर्देशक पासाङ टी शेर्पाको निधन

वरिष्ठ कला निर्देशक पासाङ टी शेर्पाको निधन

बुधवार, बैशाख १६ २०८३
  • काठमाडौँ । वरिष्ठ कला निर्देशक तथा कलाकार पासाङ टी शेर्पाको निधन भएको छ। उनको मंगलबार निधन भएको हो । उनको निधनप्रति चलचित्र विकास बोर्डले एक विज्ञप्ति जारी गर्दै गहिरो दुःख व्यक्त गरेको छ ।

    लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय शेर्पाले ‘दौतरी’, ‘राजु राजाराम’, ‘सावधान’, ‘को आफ्नो को विरानो’, ‘मुग्लान’, ‘चोर सिपाही’, ‘ए मेरो हजुर’, ‘कोहिनूर’, ‘शासन’, ‘हिफाजत’ र ‘क्रोध’ लगायतका दर्जनौं चर्चित चलचित्रहरूमा कला निर्देशक तथा कलाकारका रूपमा काम गरेका छन् ।  नेपाली चलचित्रको दृश्य–सौन्दर्य, कला–निर्माण र रचनात्मक अभिव्यक्तिमा उनको ठूलो योगदान रहेको बोर्डले जनाएको छ।

    images

    बोर्डले आफ्नो शोक विज्ञप्तिमा शेर्पालाई एक सरल, मेहनती र सबै कलाकर्मीका प्रिय व्यक्तित्वका रूपमा स्मरण गरेको छ। उनको निधनले नेपाली चलचित्र क्षेत्रमा अपूरणीय क्षति पुगेको बोर्डको ठहर छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार