Oct 31 2026 | २०८३ कार्तिक १५ गते

प्रधानाध्यापक र लेखापालविरुद्ध ९३ लाखको भ्रष्टाचार मुद्दा दायर

प्रधानाध्यापक र लेखापालविरुद्ध ९३ लाखको भ्रष्टाचार मुद्दा दायर

मंगलवार, बैशाख १५ २०८३
  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमक नगरपालिका–२ स्थित श्री हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक र लेखापालविरुद्ध करिब ९३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।

    आयोगका अनुसार विद्यालयका प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यले विद्यालय भवन निर्माणका क्रममा झुट्टा बिल भर्पाई बनाएर सरकारी रकम हिनामिना गरेको देखिएपछि मंगलबार मुद्दा दायर गरिएको हो। भवन निर्माणको प्राविधिक मूल्यांकनभन्दा ५९ लाख २६ हजार ६ सय ८६ रुपैयाँ बढी भुक्तानी लिएर उनीहरूले अनियमितता गरेको अख्तियारको भनाइ छ ।

    images

    भवन निर्माण बाहेक प्रधानाध्यापक र लेखापालको आपसी मिलेमतोमा आर्थिक वर्ष २०७७/७८ देखिकै नगद मौज्दात हिनामिना गरेको समेत अनुसन्धानबाट खुलेको छ। उनीहरूले १६ लाख ६० हजार १ सय १ रुपैयाँ बेरुजु राखेको र १७ लाख ९६ हजार ५ सय २१ रुपैयाँ विद्यालयको नगद रकम व्यक्तिगत प्रयोगमा ल्याएको अख्तियारले जनाएको छ।

    अख्तियारले दुवै प्रतिवादीबाट कुल ९३ लाख ८३ हजार ३ सय ९ रुपैयाँ ७२ पैसा बिगो दाबी गरेको छ। उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद सजाय र बिगो बमोजिम जरिवाना गरी हिनामिना भएको रकम असुल उपर गर्न मागदाबी लिइएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । 

     
     
     
     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार