Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगार

वैदेशिक रोजगार व्यवसायी संघकाे ढाेकामा लाग्याे ताला

वैदेशिक रोजगार व्यवसायी संघकाे ढाेकामा लाग्याे ताला

मंगलवार, बैशाख १५ २०८३
  • काठमाडौं  । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको  ढाेकामा ताला लागेकाे छ । वर्तमान कार्यसमितिका पाँच पदाधिकारीसहित ११ जनाले हिजाे मात्र राजिनामा बुझाएपश्चात आज संघको ढाेकामा ताला लागेकाे हाे  ।

    अध्यक्ष भुवनसिंह गुरुङ र महासचिव महेशकुमार बस्नेतबीचको विवाद समाधान नभएपछि सोमबार पाँच पदाधिकारीसहित ११ जनाले गुरुङ नेतृत्वको वर्तमान कार्यसमितिबाट सामूहिक राजीनामा दिएका थिए । आज विहानैदेखि संघको  ढाेकामा ताला लग्दा त्यहाँका कर्मचारीहरु सबै बाहिर बसेका छन् ।

    images

    यसरी राजीनामा दिने पदाधिकारीहरुमा प्रथम उपाध्यक्ष सुजितकुमार श्रेष्ठ, तृतीय उपाध्यक्ष वैकुण्ठप्रसाद पौडेल, महासचिव बस्नेत, सचिव कुन्छादोर्जे डिम्दोङ र कोषाध्यक्ष धनमाया सिञ्जाली रहेका छन् । त्यस्तै सदस्यहरु रेखा शर्मा, कृष्ण ढकाल, भरत सापकोटा, हिमा गुरुङ, रमा खड्का र देवीप्रसाद गिरीले पनि राजीनामा दिएका छन् । संघका सात पदाधिकारीमध्ये पाँच जना र १० जना कार्यसमिति सदस्यमध्ये छ जनाले राजीनामा दिएपछि अध्यक्ष गुरुङ अल्पमतमा परेका छन् ।

    राजीनामासँगै असन्तुष्ट पक्षले सिफलस्थित संघको कार्यालयमा तालासमेत लगाएको छ । सामूहिक राजीनामा दिएका पदाधिकारी तथा सदस्यहरुले अध्यक्ष गुरुङको गतिविधि व्यक्तिकेन्द्रित भएको आरोप लगाएका छन् । गुरुङको नेतृत्वमा रहेर अपेक्षित काम गर्न नसकिने निष्कर्षसहित सामूहिक राजीनामा दिइएको उनीहरुको भनाइ छ । अब संघमा तत्काल नयाँ नेतृत्व चयन गर्नुपर्ने मागसमेत उनीहरुले राखेका छन् ।

    संघको कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा सामूहिक राजीनामा दिनुको १० बुँदे कारण खुलाएका थिए । पत्रकार सम्मेलनमा बोल्ने सदस्यहरुले अध्यक्ष गुरुङले विभेदकारी व्यवहार देखाएको, महिला सदस्यहरुले पाउने अधिकार दिन चासो नदेखाएकोलगायत आरोप लगाएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार