Oct 31 2026 | २०८३ कार्तिक १५ गते

विश्वविद्यालय ज्ञान सिकाउने  होइन, ज्ञान उत्पादन गर्ने केन्द्र हो : शिक्षाविद् युवराज बस्ताकोटी

विश्वविद्यालय ज्ञान सिकाउने  होइन, ज्ञान उत्पादन गर्ने केन्द्र हो : शिक्षाविद् युवराज बस्ताकोटी

शुक्रवार, बैशाख ११ २०८३
  • काठमाडौं । शिक्षाविद् युवराज बस्ताकोटीले विश्वविद्यालयको परम्परागत बुझाइप्रति प्रश्न उठाउँदै यसको भूमिकालाई पुनर्परिभाषित गर्नुपर्ने बताएका छन्।

    सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले विश्वविद्यालयलाई “ज्ञान सिकाउने केन्द्र” मात्र होइन, “ज्ञान उत्पादन गर्ने केन्द्र” का रूपमा विकास गर्नुपर्नेमा जोड दिएका हुन् । अहिलेको शिक्षा प्रणालीले विद्यार्थीलाई केवल जानकारी ग्रहण गर्ने माध्यममा सीमित गरेको छ, जसले नवप्रवर्तन र अनुसन्धान क्षमतालाई कमजोर बनाएको छ। उनले भनेका छन्, " विद्यार्थी संगठन हटाउनु समाधान होइन।"

    images

    विश्वविद्यालयमा विद्यार्थी संगठन हटाउने मागलाई वैज्ञानिक समाधान नभएको उल्लेख गरेका गर्दै यसको सट्टा शैक्षिक गुणस्तर सुधार गर्ने ठोस उपायहरू अवलम्बन गर्नुपर्ने उनको भनाइ छ। 

    उनले अनुसन्धानमुखी शिक्षामा जोड दिएका छन् । विश्वविद्यालयले अब “डिग्री दिने संस्था” भन्दा पनि “ज्ञान सिर्जना गर्ने प्रयोगशाला” का रूपमा आफूलाई रूपान्तरण गर्नुपर्ने समय आएको छ। बस्ताकोटीको यो प्रस्तावले नेपालको उच्च शिक्षामा गुणस्तरीय सुधारको बहसलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ। उनले विश्वविद्यालय सुधारका लागि केही महत्वपूर्ण प्रस्ताव अघि सारेका छन् ।

    प्रस्तावित सुधारका मुख्य बुँदाहरू

    • प्राज्ञिक शिक्षामा ९० प्रतिशत हाजिरी र ९० प्रतिशत परियोजना कार्य अनिवार्य बनाउने,
    • प्रत्येक शैक्षिक सत्रमा अनुदानसहित लघु अनुसन्धान अनिवार्य गर्ने,
    • स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० उम्मेदवार बन्न कम्तीमा एक सत्र प्रथम श्रेणीमा उत्तीर्ण हुनुपर्ने व्यवस्था गर्ने,
    • नियमित कलेज जान नसक्ने विद्यार्थीका लागि प्राइभेट प्रणाली, तर परियोजना र अनुसन्धान भने प्राध्यापकको सुपरभिजनमा अनिवार्य गर्ने,
    • प्राविधिक शिक्षा नियमित मात्रै सञ्चालन गर्ने, अन्यथा अप्राज्ञिक डिग्री दिने व्यवस्था गर्ने,
    • भौतिक झगडामा संलग्न विद्यार्थीलाई चारित्रिक प्रमाणपत्र नदिने, तर विषयगत बहसलाई शैक्षिक अभ्यासका रूपमा स्वीकार गर्ने   

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार