Oct 31 2026 | २०८३ कार्तिक १५ गते

हे जननी! म नेपाल आमा हाँसेको हेर्न चाहन्छु:प्रधानमन्त्री बालेन

हे जननी! म नेपाल आमा हाँसेको हेर्न चाहन्छु:प्रधानमन्त्री बालेन

शुक्रवार, बैशाख ४ २०८३
  • काठमाडौ ।प्रधानमन्त्री बालेन शाहले मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिनको अवसरमा सम्पूर्ण आमाहरूप्रति श्रद्धा र सम्मान व्यक्त गर्दै शुभकामना दिएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत उनले आमा र मातृभूमिको महिमा स्वर्गभन्दा पनि उच्च रहेको उल्लेख गरेका छन् ।

    ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ भन्ने शास्त्रीय वचनलाई उद्धृत गर्दै प्रधानमन्त्री शाहले आमाको काखलाई न्यानो र चरणलाई तीर्थजस्तै पवित्र भएको बताएका छन् । उनले सृष्टिकी मुहान आमाहरूलाई माया र त्यागको अनुपम उदाहरणका रूपमा चित्रण गर्दै सम्पूर्ण आमाहरूको दीर्घायुको कामना गरेका छन् ।

    images

    आफ्नो शुभकामना उनले आमालाई जीवनको पहिलो गुरु र अनन्त ममताकी स्रोतका रूपमा सम्मान व्यक्त गरेका छन् । प्रधानमन्त्री शाहले सन्तानका रूपमा आफूहरूको कर्मले आमाहरूलाई सधैं गर्व महसुस गराउन सकौँ भन्ने भावना व्यक्त गर्दै भनेका छन्, ‘आमालाई सधैं हँसाउन सकौँ, हामी सन्तानहरूको कर्ममा आमाले सदैव गर्व गर्न सकून्।’

    शुभकामनामा उनले मातृभक्तिसँगै देशभक्तिलाई पनि जोड्दै भनेका छन्, ‘हे जननी! म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।’

    प्रधानमन्त्री बालेनले मातातिर्थ औंसीको शुभकामना दिंदै भनेका छन् –

    “जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी”
    माता र मातृभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्।

    माताको काख न्यानो, चरण तीर्थजस्तै पवित्र। मातातीर्थ औँसीको यस पावन अवसरमा माया र त्यागको अनुपम उदाहरण बनिरहने सृष्टिकी मुहान सम्पूर्ण आमाहरूप्रति हार्दिक सम्मान, कृतज्ञता र नमन व्यक्त गर्दछु। आमाहरूको दीर्घायुको कामना गर्दछु।

    जीवनको पहिलो गुरु अनि अनन्त ममताकी स्रोत ‘आमाको मुख हेर्ने दिन’ आज सम्पूर्ण आमाहरू र नेपाल आमाको सदैव उज्यालो मुहारको कामना गर्दछु। आमालाई सधैं हँसाउन सकौँ, हामी सन्तानहरूको कर्ममा आमाले सदैव गर्व गर्न सकून्।

    मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन) को हार्दिक मंगलमय शुभकामना।

    हे जननी! म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार