Oct 31 2026 | २०८३ कार्तिक १५ गते

अन्तर्राष्ट्रिय समाचार

अमेरिका–इरानबीच १५ घण्टाको ‘म्याराथन’ संवाद : के–के भयो ?

अमेरिका–इरानबीच १५ घण्टाको ‘म्याराथन’ संवाद : के–के भयो ?

आइतवार, चैत्र २९ २०८२
  • काठमाडौं । इरान सरकारले केही मतभेदहरूका बाबजुद पनि वार्ता निरन्तर जारी रहने जनाएको छ । सामाजिक सञ्जाल एक्समार्फत जानकारी सार्वजनिक गर्दै वार्ता निरन्तर जारी रहने बताएको हो ।

    इस्लामाबादमा संयुक्त राज्य अमेरिका, इरान र पाकिस्तानबीच भइरहेको उच्चस्तरीय त्रिपक्षीय प्रत्यक्ष वार्ता आइतबार बिहानसम्म जारी रहेको बताइएको छ ।

    images

    यद्यपि, ह्वाइट हाउसले हालसम्म वार्ताको पछिल्लो अवस्था र प्रगतिबारे कुनै आधिकारिक टिप्पणी गरेको छैन ।

    १५ घण्टाको ‘म्याराथन’ संवाद

    तस्निम न्युज एजेन्सीका अनुसार, शनिबार भएको पहिलो दिनको वार्ता करिब १५ घण्टासम्म चलेको थियो ।

    अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गरिरहेका छन् भने इरानी टोलीको नेतृत्व संसद्का सभामुख मोहम्मद बाकर गालिबाफले गरिरहेका छन् ।

    इरानले आफ्नो रोक्का गरिएको सम्पत्ति फुकुवा गर्नुपर्ने र लेबनानमा पूर्ण युद्धविराम हुनुपर्ने सर्त अघि सारेको छ । उता, अमेरिकाले इरानको आणविक तथा मिसाइल कार्यक्रममा कडा प्रतिबन्धको माग राखेको छ ।

    तनाव र मतभेदका बाबजुद दुवै पक्ष आइतबार पुनः वार्ताको टेबलमा बस्ने तयारीमा छन् । विश्व बजार र ऊर्जा सुरक्षाका दृष्टिले यस वार्तालाई निकै महत्त्वका साथ हेरिएको छ ।

    सम्झौता होस् वा नहोस्, केही फरक पर्दैन : ट्रम्प

    इस्लामाबादमा वार्ता जारी रहँदा डोनाल्ड ट्रम्पले सम्झौता हुनु वा नहुनुले आफूलाई खासै फरक नपर्ने बताएका छन् ।

    पत्रकारहरूसँग कुरा गर्दै उनले भने, “हामीले होर्मुज जलसन्धि सफा गरिरहेका छौँ । हामीबीच सम्झौता होस् वा नहोस्, त्यसले केही फरक पर्दैन, किनकि हामीले (युद्ध) जितिसकेका छौँ ।”

    बन्द कोठाभित्र भइरहेको यस वार्ताबारे धेरै विवरण सार्वजनिक गरिएको छैन । तर, इरानी सञ्चारमाध्यमहरूका अनुसार, दुई चरणको वार्तापछि पनि होर्मुज जलमार्गसम्बन्धी विषयमा कुनै सहमति जुट्न सकेको छैन । यो जलमार्ग सम्भावित सम्झौताको सबैभन्दा संवेदनशील र महत्त्वपूर्ण पक्ष मानिएको छ ।

    यसैबीच डोनाल्ड ट्रम्पले चीनलाई पनि कडा चेतावनी दिएका छन् । यदि चीनले इरानलाई हतियार आपूर्ति गरेमा उसले गम्भीर परिणाम भोग्नुपर्ने उनको भनाइ छ ।

    ट्रम्पका अनुसार, इरानको नौसेना र वायुसेना लगभग ध्वस्त भइसकेका छन्, र अमेरिकाले अब बाह्य सहयोगबिना नै होर्मुज जलमार्गमा बिछ्याइएका बारुदी सुरुङ हटाउने कार्य सुरु गरिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार