Oct 28 2026 | २०८३ कार्तिक १२ गते

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भण्डारी एमाले उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको सचिवमा विजयी

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भण्डारी एमाले उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको सचिवमा विजयी

मंगलवार, जेठ २९ २०८१
  • काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी नेकपा एमाले उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको सचिव पदमा विजयी भएका छन् ।

    अध्यक्ष भण्डारी पूर्वअध्यक्ष रोहन गुरूङलाई हराउँदै सचिवमा विजयी भएका हुन् । सोमबार सम्पन्न मतदानमा भण्डारीले १ सय २४ र पराजित गुरूङले ५० मत पाए । त शनिबार काठमाडौंको मल्ल होटलमा आयोजित अधिवेशनको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको बन्दसत्र शनिबार नै भएपनि कार्यसमितिमा आकांक्षी धेरै देखिएपछि निर्वाचन भएको हो ।

    images

    अध्यक्षमा  गाेविन्द प्रसाद धिमिरे, उपाध्यक्षमा माधव भट्टराई, उपसचिवमा जीवन थापा मगर निर्वाचित र मलिसा लिम्बू निर्विरोध निर्वाचित भएका छन् ।

    निर्वाचन समितीका अनुसार अध्यक्ष पदमा पदम प्रसाद घिमिरे र यामप्रसाद तिवारीले बराबर ८९ मत प्राप्त गरेपछि गोलाप्रथााट घिमिरेलाई निर्वाचित भएको घोषणा गरिएको हो ।

    यसैगरी उपाध्यक्षमा  भट्टराईले १०८ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी राजेन्द्र सापकोटाले ६५ मत प्राप्त गरे । सदस्य पदमा संघका प्रथम उपाध्यक्ष डिक बहादुर खत्री, द्वितीय उपाध्यक्ष सन्जु गुरुङ, कोषाध्यक्ष सरिता घले, पूर्वमहासचिव नरेश गेलाल, व्यवसायी भिष्म शर्मा शिवाकोटी र लोकमणि मियाङ्बो विजयी भएका छन् । एमालेका चार विशेष जिल्ला कमिटीमध्ये उद्योग व्यवसाय विशेष जिल्ला कमिटी प्रभावकारी मानिएकाे छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार