Oct 31 2026 | २०८३ कार्तिक १५ गते

समाचार

प्रधानमन्त्री आफैँले राखे श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

प्रधानमन्त्री आफैँले राखे श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

बिहिवार, चैत्र २६ २०८२
  • काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक शाहलाई पदमुक्त गरेर त्यो मन्त्रालयको कामकाज आफैले गर्ने गरी राखेका छन् । राष्ट्रपति कार्यालयले बिहीबार दिउँसो विज्ञप्ति जारी गर्दै श्रम मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैले राखेको जनाएको छ ।

    बाँकी मन्त्रीहरूको जिम्मेवारी भने प्रधानमन्त्री शाहले यथावत् राखेका छन् ।  गत १३ गते गठित मन्त्रिपरिषद् श्रम मन्त्री शाह पदमुक्त भएपछि अब १४ सदस्यीय भएको छ ।

    images

    राष्ट्रपति कार्यालयले मन्त्रिपरिषद्का सदस्यहरूको कार्य विभाजन हेरफेर सम्बन्धी विज्ञप्तिमा त्यो उल्लेख छ ।

    यस्तो छ राष्ट्रपति कार्यालयको विज्ञप्ति

    663975570_2324376221427839_1030321129532966397_n

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार