काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रीहरुको वरीयता हेरफेर गरेका छन् । तेस्रो वरीयतामा रहेका गृहमन्त्री सुधन गुरुङलाई पाँचौँमा राखिएको छ । यही चैत १३ गते मन्त्रिपरिषद् विस्तार गरिँदा गुरुङ तेस्रो वरीयतामा थिए ।
परराष्ट्रमन्त्री शिशिर खनालको वरीयता बढाइएको छ । उनलाई अब तेस्रो वरीयता दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
त्यस्तै यसअघि १५ नम्बरमा रहेकी सीता वादी आठौं स्थामा उक्लिएकी छन् ।
हेरफेरपछि यस्तो छ मर्यादाक्रम




