Oct 28 2026 | २०८३ कार्तिक १२ गते

अपडेट

इरानमा द्वन्द्व सुरु हुनुअघि समातिएका थिए अमृत झा, अदालतमा चलिरहेको छ मुद्दा

इरानमा द्वन्द्व सुरु हुनुअघि समातिएका थिए अमृत झा, अदालतमा चलिरहेको छ मुद्दा

शुक्रवार, चैत्र २० २०८२
  • काठमाडौँ । इरानी सरकारको नियन्त्रणमा रहेका नेपाली नागरिक ३३ वर्षीय अमृत झा सकुशल रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    इरान–इराक–अमेरिकाबिच द्वन्द्व सृजना हुनुभन्दा पहिले नै उनी पक्राउ परेको परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दियो ।  उनी हाल त्यहाँको जेलमा रहेको र उनीविरुद्ध  जिल्ला अदालतमा मुद्दा चलिरहेको मन्त्रालयको भनाइ छ ।

    images

    मुद्दा चलिरहेकै कारण तत्कालै थप केही गर्ने अवस्था नरहेको मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले बताए ।  उनका अनुसार स्थानीय एक जना वकिलले झालाई गएर भेट समेत गरिसकेका छन् ।

    उनको विषय अहिलेको द्वन्द्वसँग सम्बन्धित नरहेको पनि उनको भनाइ थियो ।  उनको बारेमा परराष्ट्र मन्त्रालयले थप बुझ्ने काम गरिरहेको र सम्बन्धित पक्षको सम्पर्कमा रहेको उनले बताए ।

    उदयपुर जिल्ला, त्रियुगा नगरपालिका–११ का झा इरानको ब्ल्याक सी मरिन एल.एल.सी कम्पनीमा कार्यरत थिए । दुवईबाट इरानतर्फ इन्धन ढुवानी गर्न गएको र उताबाट फर्किने क्रममा उनलाई इरानी सेनाले स्थानीय बठदर अब्बाबसबाट पक्राउ गरेको थियो । उनी पक्राउ परेको विषय अमृतकी दिदी पुजा झाले मन्त्रालयलाई जानकारी गराएकी थिइन् ।

    अमृतका परिवारले परराष्ट्र मन्त्रालयको कन्सुलर विभागमा दिएको उजुरी अनुसार बठदर अब्बास करागारमा अमृतलाई राखिएको दावी गरिएको छ ।

    अमृत झाका आफन्तले तत्कालिन परराष्ट्रमन्त्री बलानन्द शर्मा र सचिव अमृतबहादु राईसँग भेटेका थिए । भेटको क्रममा तेल ढुवानी गरेर इजरायलबाट फर्किने क्रममा इराजना–इजरायल–अमेरिका आक्रमणपछिको तनावका कारण सो क्षेत्रमा अवस्था जटिल भई झालाई नियन्त्रणमा लिइएको दावी अमृतका भिनाजु राजेशकुमार झाले गरेका छन् ।

    सचिव राईले उनका परिवारलाई विभिन्न सम्पूर्ण सूत्रबाट अमृतको रिहाका लागि पहल भइरहेको बताएका थिए । इजराइल, अमेरिका र इरानबिचको तनाव कम भएको छैन । सोचे जस्तो भइरहेको छैन तैपनि आफूहरूले पहल गरिरहेको कुनै जानकारी आएमा जानकारी गराउने बताएका थिए।

    अमृत झाको स्थायी ठेगाना महोत्तरी हो । जागिरको क्रममा अमृतका बुवा उदयपुर गएका थिए । पछि त्यही घर बनाएर बस्न थालेका थिए । स्थायी ठेगाना महोत्तरी भए पनि सबै परिवार उदयपुरमा नै बसिरहेका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार