काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा आजदेखि बागमती प्रदेशको ललितपुरमा ‘श्रमाधान रोजगार मेला’ सुरु भएको छ ।
ललितपुरस्थित पाटन बहुमुखी क्याम्पसमा मंगलबार बिहान ११ बजे शिक्षा तथा विज्ञान प्रविधि मन्त्री मन्त्री सुमना श्रेष्ठले मेलाको उद्घाटन गरेकी थिइन् ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, होटेल एसोसिएसन नेपाल, नेपाल तालिम तथा रोजगार व्यवसायी, नेपाल घरेलु तथा साना उद्योग महासंघले मेलाको संयोजन गरेका छन् । मेलामा ८० वटा निजी तथा सरकारी क्षेत्रका स्टल रहेका छन् ।मेला दुई दिनसम्म चल्ने छ ।



