Oct 28 2026 | २०८३ कार्तिक १२ गते

इराकको कुर्दिस्तानमा दुई नेपालीको मृत्यु

इराकको कुर्दिस्तानमा दुई नेपालीको मृत्यु

बुधवार, चैत्र १८ २०८२
  • काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा इराकको कुर्दिस्तान क्षेत्रमा रहेका दुई जना नेपाली नागरिकको मृत्यु भएको छ। २८ मार्च का दिन कुर्दिस्तानको एर्बिल र सुलेमानिया सहरमा उनीहरूको मृत्यु भएको गैरआवासीय नेपाली संघ एनआरएनए इराकले जनाएको छ ।

    एनआरएनए इराकले दिएको विवरणअनुसार मृत्यु हुनेमा गोरखाकी रिता भुजेल र लमजुङका लेखमान घले रहेका छन्।

    images

    भिमसेनथापा गाउँपालिका- ३, तान्द्राङ (गोरखा) घर भएकी रिता भुजेल सुलेमानिया सहरस्थित आफू बस्ने कोठामै मृत अवस्थामा फेला परेकी हुन्। उनी विगत १० वर्षभन्दा लामो समयदेखि इराकको कुर्दिस्तानलाई कर्मथलो बनाएर त्यहाँ कार्यरत थिइन्।

    त्यसैगरी, कुर्दिस्तानकै अर्को सहर एर्बिलमा लमजुङका लेखमान घलेको मृत्यु भएको छ। लमजुङको दोर्दी–५, पाचोक घर भएका घलेको एर्बिलस्थित जुमुरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उनीहरु कुन स्वास्थ्य समस्याका कारण अस्पताल भर्ना भएका थिए भन्नेबारे खुलाइएको छैन । 

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार