Oct 31 2026 | २०८३ कार्तिक १५ गते

तोलामा ७ हजार ४ सय रुपैयाँ बढ्यो सुन

तोलामा ७ हजार ४ सय रुपैयाँ बढ्यो सुन

बुधवार, चैत्र १८ २०८२
  • काठमाडौं । बुधबार सुनको भाउ तोलामा ७ हजार ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९७ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९० हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

    समग्रमा विगत एक सातामा सुनको भाउ ९ हजार १ सय रुपैयाँ बढेको छ । गत बुधबार २ लाख ८८ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

    images

    आज चाँदी पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १०० रुपैयाँ बढेको हो । हिजो प्रतितोला ४ हजार ८४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९४५ रुपैयाँमा पुगेको छ । गत बुधबार चाँदी प्रतितोला ४ हजार ४९२० रुपैयाँमा कारोबार भएको थियो ।

    अन्तर्राष्ट्रिय बजारमा केही दिनयता सुनचाँदीको भाउ बढेसँगै नेपाली बजारमा पनि प्रभाव परेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार