Oct 30 2026 | २०८३ कार्तिक १४ गते

संसद अधिवेशन

राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान

राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान

सोमवार, चैत्र १६ २०८२
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै अधिवेशन आह्वान गरेका छन् ।

    मन्त्रिपरिषद् बैठकले चैत १९ मा संसद अधिवेशन आह्वान सिफारिस गरेसँगै राष्ट्रपति पौडेलले चैत १९ दिउँसो २ बजेका लागि अधिवेशन आह्वान गरेका हुन् । संविधानमा सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वानको व्यवस्था छ ।

    images

    राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ,''नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा २०८२ साल चैत १९ बिहीबारका दिन २ बजे संघीय संसद भवन सिंहदरबारमा संघीय संसदको दुवै अधिवेशन आह्वान गर्नुभएको छ ।''

    फागुन २१ को चुनावबाट निर्वाचित प्रतिनिधिसभाको यो पहिलो अधिवेशन हो । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार