Oct 28 2026 | २०८३ कार्तिक १२ गते

श्रम स्वीकृति

तत्काल नयाँ श्रम स्वीकृति नखोलिने, पुनः श्रम स्वीकृति भने खोलिने

तत्काल नयाँ श्रम स्वीकृति नखोलिने, पुनः श्रम स्वीकृति भने खोलिने

सोमवार, चैत्र १६ २०८२
  • काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका लागि विभिन्न गन्तव्य मुलुकमा कार्यरत नेपाली श्रमिकहरूको अवस्थाबारे छलफल गर्न श्रम कन्सुलर र श्रम सहचारीहरूसँग आज  भर्चुअल बैठक गरेको छ ।

    बैठकमा तत्काल नयाँ श्रम स्वीकृति खोल्न नसकिने तर पुनः श्रम स्वीकृति खोल्न सकिने राय आएको मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले जानकारी दिए । उनका अनुसार बैठकमा श्रमिकहरूको आवासीय सुविधा, जीवनस्तर, स्वास्थ्य परीक्षणको व्यवस्था र कार्यस्थलको सुरक्षा जस्ता महत्त्वपूर्ण पक्षहरूमा विस्तृत छलफल भएको छ ।

    images

    विशेषगरी पश्चिम एसियाका मुलुकहरूमा अहिलेको परिस्थितिमा कार्यरत नेपाली श्रमिकहरूको वर्तमान अवस्था र उनीहरूका गुनासोबारे छलफल भएको छ । श्रम कन्सुलर तथा श्रम सहचारीहरूले यस विषम परिस्थितिमा श्रमिकहरूको अवस्थाबारे मन्त्री र सचिवलगायतको उपस्थितिमा विस्तृत जानकारी गराएका थिए।

    जानकारी लिइसकेपछि बैठकले तत्काल नयाँ श्रम स्वीकृति खोल्न नसकिने निष्कर्ष निकालेको छ, यद्यपि पुनः श्रम स्वीकृति भने खोल्न सकिने राय प्राप्त भएको घिमिरले बताए ।

    बैठकमा वैदेशिक रोजगार बोर्डद्वारा सञ्चालित सेफ हाउस र सेल्टरहरूको व्यवस्थापनका विषयमा पनि छलफल भएको थियो । यसअन्तर्गत बोर्डबाट निकासा भएको रकम नियमित रूपमा खर्च गर्ने, समयमा सम्बन्धित निकायमा प्रतिवेदन पेस गर्ने, दूतावास तथा श्रम कन्सुलर र श्रम सहचारीहरू मार्फत गन्तव्य मुलुकहरूमा आवश्यक सूचना प्रवाह गर्ने र प्राप्त गुनासो तथा सूचनाहरूको यथाशक्य छिटो फर्स्योटका लागि पहल गर्नेबारे छलफल भएको थियो । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार