Oct 30 2026 | २०८३ कार्तिक १४ गते

राजनीति

देउवा पक्षले ओली-लेखक पक्राउविरूद्ध प्रतिरोध गर्ने

देउवा पक्षले ओली-लेखक पक्राउविरूद्ध प्रतिरोध गर्ने

शनिवार, चैत्र १४ २०८२
  • काठमाडौं । नेपाली कांग्रेसको देउवा पक्षले एमाले अध्यक्ष केपी शर्मा ओली र  कांग्रेस नेता रमेश लेखकको पक्राउको भर्त्सना गरेको छ।

    नेता पूर्णबहादुर खड्काले विज्ञप्ति प्रकाशित गर्दै  गैरकानुनी हिरासतमा राख्ने कदम कानुन विपरीत रहेको बताउँदै रिहाइको माग समेत गरेका छन् ।

    images

    पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको प्रतिवेदनले अनुसन्धान तहकिकात र अभियोजन गर्न नेपाल सरकारलाई पठाउने भनेकोमा प्रक्रिया पालना नगरी पक्राउ गरेको भन्दै आपत्ति जनाएको छ ।

    पक्राउको कदम कानुनी राज्यको बर्खिलापमा रहेको विज्ञप्तिमा उल्लेख छ । ‘’सरकार गठन भएलगत्तै दुरासयपूर्ण ढंगले भएको राजनीतिक प्रतिशोधबाट सरकार संविधान र लोकतन्त्रको प्रतिबद्धताबाट पछि हटेको देखिन्छ,’’ विज्ञप्तिमा उल्लेख छ ।

    गिरफ्तारीको संवैधानिक र राजनीतिक प्रतिरोधमा उत्रिने देउवा पक्षको चेतावनी छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार