Oct 30 2026 | २०८३ कार्तिक १४ गते

समाचार

नख्खुका जेलरलाई अघिल्लै दिन रविका पिएको फोन

नख्खुका जेलरलाई अघिल्लै दिन रविका पिएको फोन

बिहिवार, चैत्र १२ २०८२
  • काठमाडौँ । जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते जेलबाट भगाइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग सम्बन्धित घटनाको छानबिनका क्रममा नख्खु कारागारका जेलर सत्यराम जोशी र रविका प्रमुख स्वकीय सचिव (पिए) अविनाश आचार्यबीच अघिल्लै दिनदेखि फोन सम्पर्क भएको फेला परेको छ ।

    गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले गरेको अध्ययन अनुसार, भदौ २३ र २४ गते दुई पटक जोशी र आचार्यले आपसमा फोन सम्पर्क गरेका थिए ।

    images

    त्यसैगरी, आयोगको प्रतिवेदनमा उल्लेख छ कि जेलर जोशीले गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेलाई भदौ २४ गते ६ पटक फोन गरेका थिए भने ललितपुरका प्रमुख जिल्ला अधिकारीले जोशीलाई भदौ २३ गते एक पटक फोन गरेको देखिएको छ। -जनआस्था 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार