Oct 28 2026 | २०८३ कार्तिक १२ गते

एनआरएनए

एनआरएनए अध्यक्षमा ३ जना र महासचिवमा २ जनाको उम्मेदवारी (नामावलीसहित)

एनआरएनए अध्यक्षमा ३ जना र महासचिवमा २ जनाको उम्मेदवारी (नामावलीसहित)

बिहिवार, फाल्गुण २८ २०८२
  • काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औं बृहत् एकताको अन्तर्राष्ट्रिय महाधिवेशनका लागि निर्वाचन समितिले उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक गरेको छ।

    बालुवाटारस्थित निर्वाचन समितिको कार्यालयले सार्वजनिक गरेको सूचीअनुसार संस्थाको नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा तीन जना र महासचिव पदमा दुई जनाको उम्मेदवारी परेको छ।

    images

    अध्यक्ष पदका लागि रोविनप्रसाद शेरचन (जापान), डा. हेमराज शर्मा (यूके) र रविनराज बज्राचार्य (अमेरिका) ले मनोनयन दर्ता गराएका छन्। त्यस्तै, महासचिवका लागि चिरञ्जीवी खड्का (चेक रिपब्लिक) र रामशरण सिम्खडा (यूके) चुनावी मैदानमा उत्रिएका छन् ।

    निर्वाचन समितिले सार्वजनिक गरेको नामावलीअनुसार ६ जना उपाध्यक्षका लागि १० जनाको उम्मेदवारी परेको छ। उपाध्यक्षका आकांक्षीहरूमा ददिबल खड्का, दिनेश पोखरेल, जुनु गुरुङ, खगेन्द्र न्यौपाने, महेन्द्र ओली, मनोजकुमार श्रेष्ठ, प्रबिन गुरुङ, पूर्णचन्द्र बानियाँ, रोजिना प्रधान राई र रोशन थापा रहेका छन्। यस्तै महिला उपाध्यक्षमा राधिका गुरुङ (टीका) को मात्र उम्मेदवारी परेको छ भने युवा उपाध्यक्षमा भीमसेन थापा, मदनराज पौडेल र ओमान गौचनबीच प्रतिस्पर्धा हुने भएको छ।

    सचिव पदका लागि ८ जना, कोषाध्यक्षमा २ जना र सह-कोषाध्यक्षमा ४ जनाको उम्मेदवारी परेको छ। यसका साथै विभिन्न क्षेत्रीय संयोजक र उपसंयोजक पदहरूमा पनि मनोनयन दर्ता भएको छ।

    एनआरएनएको महाधिवेशन फागुन ३० देखि चैत २ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ। 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार