Oct 28 2026 | २०८३ कार्तिक १२ गते

स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य संस्थालाई दियो २३ अर्ब ४४ करोडभन्दा बढी दाबी भुक्तानी

स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य संस्थालाई दियो २३ अर्ब ४४ करोडभन्दा बढी दाबी भुक्तानी

शुक्रवार, आषाढ १९ २०८३
  • काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले चालु आर्थिक वर्षमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई २३ अर्ब चवालिस करोड दुई लाख ९८ हजार १६ रुपैयाँ भुक्तानी गरिसकेको जनाएको छ । बोर्डले आज शुक्रबार एक सूचना जारी गर्दै स्वास्थ्य संस्थालाई २३ अर्ब ४४ करोड रुपैयाँ भुक्तानी गरेको जनाएको हो । 

    यो भुक्तानीसँगै २०८२ साल मङ्सिर मसान्तसम्म स्वास्थ्य बिमा बोर्डमा आबद्ध सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको दाबी बक्यौता फरफारक भएको छ ।

    images

    सीमित स्रोत साधन र संरचनागत चुनौतीका बाबजुद स्वास्थ्य बिमा कार्यक्रममार्फत नागरिकको उपचार खर्च न्यूनीकरण र वित्तीय जोखिम संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको जनाएको छ । बोर्डको दिगो वित्तीय स्रोत तथा संयन्त्र पूर्ण रूपमा स्थापित हुन नसक्दा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको दाबी भुक्तानी समयमै गर्न नसकिएको र यसबाट सेवा प्रदायक तथा बीमित सेवाग्राहीहरूमा असहज परिस्थिति उत्पन्न भएको विषयप्रति बोर्ड पूर्ण रूपमा जानकार रहेको कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    मङ्सिर पश्चातको दाबी भुक्तानीका लागि आवश्यक बजेट व्यवस्थापन तथा दिगो वित्तीय स्रोत सुनिश्चितताका लागि सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय र पहल भइरहेको बोर्डले स्पष्ट पारेको छ ।

    बोर्डले सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई बीमित सेवाग्राहीहरूको उपचार सेवामा कुनै पनि प्रकारको अवरोध वा कठिनाइ सिर्जना नगरी निर्धारित मापदण्ड बमोजिम निरन्तर गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराइदिन हार्दिक अनुरोध गरेको छ ।

    साथै, सम्पूर्ण बीमित सेवाग्राहीहरूलाई स्वास्थ्य बिमा सेवाको जिम्मेवार र सदुपयोग गर्न, अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न र चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई आवश्यकता भन्दा बढी परीक्षण वा उपचारका लागि दबाब नदिई बिमा कार्यक्रमको दिगोपना र प्रभावकारिता कायम राख्न आफ्नो भूमिका निर्वाह गर्न समेत अपिल गरेको छ ।

    598837005_997353959602177_3566746584447440859_n
     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार