Oct 28 2026 | २०८३ कार्तिक १२ गते

स्वास्थ्य बीमालाई जनमैत्री बनाउन कार्ययोजना अन्तिम चरणमा : मन्त्री मेहता

स्वास्थ्य बीमालाई जनमैत्री बनाउन कार्ययोजना अन्तिम चरणमा : मन्त्री मेहता

सोमवार, बैशाख २८ २०८३
  • काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले स्वास्थ्य बीमामा देखिएका विद्यमान समस्याहरू समाधान गरी यसलाई थप व्यवस्थित र जनमैत्री बनाउन सरकारले विशेष तयारी गरिरहेको बताएकी छिन् ।

    सोमबार वीर अस्पतालमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ को शुभारम्भ गर्ने क्रममा उनले स्वास्थ्य बीमा कार्यक्रमलाई सरल र प्रभावकारी बनाउन मन्त्रालयले गहन गृहकार्य गरिरहेको जानकारी दिएकी हुन् ।

    images

    मन्त्री मेहताले स्वास्थ्य बीमामा केही पेचिलो समस्याहरू रहेको स्वीकार गर्दै सुधारसम्बन्धी कार्ययोजना अन्तिम चरणमा पुगेको स्पष्ट पारिन् । सरकारले चाँडै नै नागरिकलाई सहज हुने गरी नयाँ व्यवस्था सार्वजनिक गर्ने उनको भनाइ छ ।

    ‘स्वास्थ्य बीमामा अलिकति पेचिलो छ । यसलाई कसरी सहजीकरण गर्न सकिन्छ र जनमैत्री कसरी बनाउन सकिन्छ भनेर हामी गहन छलफल गरिरहेका छौँ । वर्कआउट भइरहेको छ, चाँडै नै थाहा पाउनुहुन्छ,’ मन्त्री मेहताले भनिन् ।

    हाल स्वास्थ्य बीमा कार्यक्रममा सेवा प्रवाहमा ढिलाइ, दाबी भुक्तानीमा देखिएका जटिलता र नागरिकको पहुँचमा रहेका कमजोरीका विषयमा विभिन्न गुनासाहरू उठ्दै आएका छन् । 

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार