Oct 30 2026 | २०८३ कार्तिक १४ गते

समाचार

मन्त्री कुलमानले दिए राजिनामा

मन्त्री कुलमानले दिए राजिनामा

बिहिवार, पौष २४ २०८२
  • काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले राजीनामा दिएका छन् । बुधबार राति पत्रकार सम्मेलन गर्दै घिसिङले राजिनामा दिएको घोषणा गरेका हुन् ।

    जेनजी आन्दोलन पश्चात गठन गरिएको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा भौतिक पुर्वाधार, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री नियुक्त भएका थिए ।

    images

    उज्यालो नेपाल पार्टीको संरक्षक रहेका घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेको घोषणासँग विवादमा आएका थिए । रास्वपामा उनी उपसभापति र दोश्रो वरियतामा रहने गरि प्रवेश गरेको सार्वजनिक भएको थियो । अन्तरिम सरकारमा राजनीतिक दल संबद्ध व्यक्तिलाई सरकार राख्नु उचित नभएको भन्दै प्रधानमन्त्री सुशिला कार्कीले राजिनामा दिन अनुरोध गरेकी थिइन ।

    यसअघि दुई कार्यकाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक रहेका घिसिङ जेनजी आन्दोलनकै कारण मन्त्री बन्न सफल भएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार