Oct 29 2026 | २०८३ कार्तिक १३ गते

वैदेशिक रोजगार

मलेसिया रोजगारीबारे उपयुक्त निर्णय लिन्छौँ : श्रम मन्त्रालय

मलेसिया रोजगारीबारे उपयुक्त निर्णय लिन्छौँ : श्रम मन्त्रालय

शुक्रवार, कार्तिक १४ २०८२
  • काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राेजगारीका लागि मलेसियामा नेपाली श्रमिक पठाउने विषयमा केही म्यानपावर व्यवसायीलाई फाइदा पुग्ने गरी सिन्डिकेट गर्न लागिएको भन्ने समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    मन्त्रालयले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र नियमित बनाउन सरकार प्रतिबद्ध रहेको जनाएको छ । यस्तै मन्त्रालयले मलेसिया रोजगारीबारे उपयुक्त निर्णय लिने समेत बताएकाे छ ।

    images

    मन्त्रालयका अनुसार मलेसियामा नेपाली श्रमिक पठाउने विषयमा सन् २०१८ नोभेम्बर २९ मा नेपाल र मलेसिया सरकारबिच भएको श्रम समझदारी अहिले नवीकरणको चरणमा रहेको छ ।

    मन्त्रालयले यस सम्बन्धमा गत कात्तिक १३ गते मलेसियाको परराष्ट्र मन्त्रालयबाट प्राप्त पत्र अनुसार नेपाल सरकारले सम्बन्धित सबै निकायसँग छलफल गर्दै अघि बढिरहेको जानकारी दिएको छ ।

    555993548_1898215254075626_1423069138341338491_n

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार