Oct 28 2026 | २०८३ कार्तिक १२ गते

खेल समाचार

यूएईमा नेपाल-वेस्ट इन्डिज युनिटी कप २०२५ हुने

यूएईमा नेपाल-वेस्ट इन्डिज युनिटी कप २०२५ हुने

शुक्रवार, आश्विन १० २०८२
  • काठमाडौँ । आगामी सेप्टेम्बर महिनामा शारजाह क्रिकेट स्टेडियममा नेपाल र वेस्ट इन्डिजबिच हुने युनिटी कप टी- २० आयोजना हुने भएको छ। कप अन्तर्गत तीन खेल भदौ ११, १२, १३ र १४ गते (सेप्टेम्बर २७, २९ र ३०, २०२५) मा हुने तय भएको छ।

    यो प्रतियोगितामा नेपालले पहिलोपटक वेस्ट इन्डिजसँग प्रत्यक्ष टक्कर गर्ने भएकाले नेपाली समर्थकमाझ विशेष उत्साह देखिएको छ। शक्तिशाली वेस्ट इन्डिजविरुद्ध नेपालको प्रदर्शन कस्तो रहने भन्ने विषयमा सबैको ध्यान केन्द्रित भएको छ।

    images

    आयोजकले सम्पूर्ण टिकट प्रणालीलाई पूर्णरूपमा डिजिटल बनाएको छ। दर्शकहरूले केवल क्वि टिकट्स मोबाइल एपमार्फत प्राप्त डिजिटल टिकट देखाएर मात्र प्रवेश पाउनेछन्। प्रिन्टआउट, पीडीएफ वा स्क्रिनसट देखाएर प्रवेश गर्न पाइने छैन।

    साथै, खेलमा प्रवेश गर्दा सुरक्षा नियम कडाइका साथ लागू गरिने आयोजकले जनाएको छ। बाहिरी खानेकुरा, पेयपदार्थ, हतियार वा धारिलो वस्तु, लाइटर र अन्य प्रतिबन्धित सामग्री स्टेडियमभित्र लैजान पाइने छैन। केवल नेपाल, वेस्ट इन्डिज र यूएईका झण्डा मात्रै स्टेडियममा लैजान अनुमति हुनेछ।

    दुई वर्षभन्दा माथिका बालबालिकाले अनिवार्य रूपमा टिकट लिनुपर्नेछ भने दुई वर्षभन्दा तलका बालबालिकालाई छुट्टै सिट दिने व्यवस्था नहुने बताइएको छ। खेल हेर्न आउने दर्शकको सुरक्षाका लागि प्रवेशद्वार खेल शुरु हुनुभन्दा दुई घण्टा अघि साँझ ४ः३० बजे नै खोलिने आयोजकले जानकारी दिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार